एसी मिलान र रोमाको बराबरी

Read Time = 2 mins

मिलान । इटालियन सिरी ‘ए’ मा एसी मिलान र रोमाले दुई-दुई गोलको बराबरी खेलेका छन् । मिलानका पिएरे कालुलु र टोम्मासो पोवेगाले गोल गर्दा रोमाका रोजर इवानेज र ट्याम्मी अब्राहमले बराबरी गोल फर्काउनुभयो । खेलको ३०औँ मिनेटमा पिएरे कालुलुले गोल गर्दै मिलानलाई पहिलो हाफमा १-० को अग्रता दिलाउनुभयो । ७७औँ मिनेटमा टोम्मासो पोवेगाले गोल गर्दै मिलानको अग्रता दोब्बर पार्नुभयो । ८७औँ मिनेटमा रोजर इवानेजले गोल गर्दै रोमालाई दुई-एकको स्थितिमा ल्याउनुभयो । त्यसपछि इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा ट्याम्मी अब्राहमले गोल गर्दै खेललाई बराबरीमा टुंग्याउनुभयो ।

यस बराबरीसँगै मिलान १७ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ । रोमा ३१ अंक जोडेर छैटौँ स्थानमा छ । यस्तै, सिरी ‘ए’ कै अर्को खेलमा सालेरनिटाना र टोरिनोले एक–एक, लाजियो र इम्पोलीले दुई–दुई र स्पेजिया र लिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यता, म्यानचेस्टर सिटीले एफए कपको तेस्रो राउण्डमा चेल्सीमाथि ४-० को फराकिलो जित निकालेको छ । सिटीको फराकिलो जितमा रियाद महारेजले दुई तथा जुलियन अल्भारेज र फिल फोडेनले समान एक गोल गर्नुभयो । पछिल्लो एक सातामा चेल्सीमाथि सिटीको यो दोस्रो जित हो । सिटीले बिहीबार राती चेल्सीलाई उसकै मैदानमा १-० ले पराजित गरेको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?