जनादेशले निषेधको होइन, सहकार्यको राजनीति खोजेको छ : रेखा शर्मा

Read Time = 1 min

काठमाडौं । माओवादी केन्द्रकी सांसद रेखा शर्माले जनादेशले निषेधको होइन, सहकार्यको राजनीति खोजेको बताउनु भएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उहाँले गत निर्वाचनबाट प्राप्त जनादेशले निषेधको नभएर सहकार्यको राजनीति खोजेको बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाले भनेजस्तै देशले सहकार्य र एकताको राजनीति खोजेको जानकारी दिनुभयो । जसअनुसार कांग्रेससहित दलले सरकारलाई विश्वासको मत दिने गरेको निर्णयको उहाँले स्वागत गर्नुभयो । ।

दलहरुले विश्वासको मत दिने निर्णयले सहकार्यको राजनीतिलाई अगाडि बढाएको सांसद शर्माको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?