पाल्पामा सवारीचालक अनुमतिपत्रको सेवा सुरु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । पाल्पाबाट दुईपांग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्रसम्बन्धी सेवा सुुरु भएको छ । पहाडी जिल्लामै पहिलो पटक यातायात व्यवस्था सेवा कार्यालयले पाल्पाबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा सुुरु गरेको हो ।

सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगाले तानसेन नगरपालिका-७, ठाँटीमा सेवा सुरु भएको घोषणा गर्नुभएको हो । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाअन्तर्गत रहने सवारी चालक अनुमतिपत्रको सेवा शुभारम्भ गर्दै मन्त्री ढेंगाले पहाडी जिल्ला पाल्पामा पहिलो पटक दुईपांग्रे सवारी साधनको सवारी चालक अनुमतिपत्रको सेवाबाट पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँचीका बासिन्दा लाभान्वित हुने बताउनुुभयो । उहाँले सेवाको भरपुर उपयोग गर्न स्थानीयलाई आग्रह गर्नुभएको छ । मन्त्री ढेंगाले जनतालाई सहज ढंगले सेवा प्रवाह गर्न कर्मचारीलाई समेत निर्देशन दिनुुभयो । मन्त्रालयका सचिव दीपक नेपालले सवारीचालक अनुमतिपत्रका सबै सेवा सुुरु भए पनि प्रशासनिक कामका लागि आवश्यक भौतिक पूवार्धार निर्माण लागि भने केही समय लाग्ने बताउनुुभयो । उहाँले बुुटवलमा हुँदै आएको उक्त सेवाको भिडलाई कम गर्न यहाँ सेवा सञ्चानमा ल्याइएको बताउनुुभयो । नेपालले जनशक्ति हेरेर सेवालाई प्रभावकारी बनाइदै लैजाने जानकारी गराउनुुभयो ।

सेवा शुुभारम्भ कार्यक्रममा तानसेन नगरपालिका-६, का वडाध्यक्ष सागरमान महर्जनले सवारीचालक अनुमतिपत्रका लागि बुटवल जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुुभयो । उहाँले सेवा शुुभारम्भसँगै यहाँको समृद्धि र विकासमा ठूलो टेवा पुुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले सेवा सञ्चालनमा आएसँगै विचौलीयाहरू समेत सलबलाउन थाल्ने भन्दै त्यसतर्फ सचेत हुुन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य रिमा सारु, लेखापढी व्यवसायी लक्ष्मण रावल, मन्त्रालयका अधिकृत ओम चिदी, यातायात सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनार, कार्यालयका निवर्तमान प्रमुख विष्णु खनाल लगायतले बुुटवलबाट लिँदै आएको सेवा तानसेनबाटै पाउने भएकाले सेवाको उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । तानसेनको बाँसटारी नजिकै सुरु भएको सवारीचालक अनुमतिपत्रका सबै काम हुनेछ ।

यातायात व्यवस्था सेवा कार्यालय वर्तुङमा सञ्चालनमा छ । साना सवारी साधनको लागि निर्माण हुने सवारीचालक अनुमतिपत्र परीक्षण केन्द्रमा काम सुरुवात भएसँगै चालु आर्थिक वर्षमा भवन निर्माण लगायतको काम हुनेछ । तीन करोड ५० लाख बजेट आवश्यक भए पनि यसवर्ष एक करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?