लुम्बिनीमा एमाले नेता गिरीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेस

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । नेकपा एमालेका संसदीय दलका नेता लिला गिरिको नेतृत्वमा सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले प्रदेश प्रमुख समक्ष दाबी पेस गरेको छ ।

आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा सत्ता गठबन्धन सहित २ स्वतन्त्र सांसद सहित ५८ जनाको हस्ताक्षर लिएर प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्नुभएको हो । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्तिका सांसदहरु र २ स्वतन्त्र सांसदहरु सहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेश गरिएको एमाले केन्द्रीय सदस्य भुमिश्वर ढकालले जानकारी दिनुभयो।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३/३ सिट छन् । नागरिक उन्मुक्तिसंग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सदस्य छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?