युनाइटेड काराबाओ कपको सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

लण्डन । म्यानचेस्टर युनाइटेड इएफएल कप अर्थात् कारबाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । युनाइटेडले घरेलु मैदानमा लिग वान क्लब चार्लटनलाई ३-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । युनाइटेडका लागि माक्र्स रासफोर्डले दुई तथा एन्टोनीले एक गोल गर्नुभयो ।

खेलको २१औँ मिनेटमा एन्टोनीको गोलबाट युनाइटेडले पहिलो हाफमा १-० को अग्रता लियो । ६०औँ मिनेटमा एन्टोनीको स्थानमा मैदान छिरेका रासफर्डले ९०औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई २-० ले अघि बढाउनुभयो । त्यसपछि इन्जुरी समयमा उहाँले तेस्रो गोल गर्नुभयो । यससँगै रासफर्डले यो सिजन आफ्नो गोलसंख्या १५ पुर्‍याउनुभएको छ ।

यस्तै, अर्काे क्वाटरफाइनलमा न्युक्यासल युनाइटेडले लेस्टर सिटीलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । न्युक्यासलको जितमा ड्यानियल बर्न र जोइलिन्टनले गोल गर्नुभयो । यता, इन्टर मिलानले कोपा इटालियाको अन्तिम आठमा स्थान बनाएको छ । पर्मालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इन्टरले अन्तिम आठको यात्रा तय गरेको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?