११ दिनपछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । असार २ गते बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका राष्ट्रपति पौडेल बुधबार डिस्चार्ज हुनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार अस्पतालबाट डिस्चार्ज भएर उहाँ राष्ट्रपति कार्यालय शीतलनिवास जानुभएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि राष्ट्रपति पौडेलले चिकित्सकहरूसहित विभिन्न स्वास्थ्यकर्मी, कर्मचारीहरू साथै आफ्नो स्वास्थ्यप्रति चासो एवं चिन्ता व्यक्त गर्नेहरूलाई धन्यवाद प्रकट गर्नुभएको भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिकित्सकहरूका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य छ ।

मुटुमा समस्या देखिएपछि उहाँलाई असार २ गते बिहान अस्पताल भर्ना गरिएको थियो । राष्ट्रपति पौडेलको मुटुको चाल स्थिर रहन नसकेपछि स्थायी रूपमा ‘पेस मेकर’ राखिएको थियो । यसअघि मुटुमा समस्या देखिएपछि उहाँ शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी)मा भर्ना भएर डिस्चार्ज हुनुभएको थियो ।

पछिल्लोपटक भारतमा उपचार गराई फर्किएपछि राष्ट्रपति पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । गत जेठ ३१ गते अस्पतालबाट निवास फर्किनुभएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि असार २ गते पुनः अस्पताल भर्ना हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?