नमस्ते पेको फेस्टिभ क्याम्पेन

Read Time = 2 mins

काठमाडौं । नमस्ते पेले दशैं, तिहार तथा छठ पर्व लक्षित ‘फेस्टिभ क्याम्पेन’ ल्याएको छ । क्याम्पेनअन्तर्गत ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताले विभिन्न सेवामा विभिन्न अफर पाउनेछन् भने बम्पर अफरमा सात भाग्यशाली विजेताले शतप्रतिशत क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले जति धेरै कारोबार गर्छन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र शतप्रतिशत क्यासब्याक पाउने अवसर प्राप्त गर्ने बताइएको छ ।

त्यसैगरी नमस्ते पेमार्फत् युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशालीको वर्षभरिको बिल नमस्ते पेले तिरिदिने अफर रहेको छ । हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक भाग्यशालीले एक हजार रुपैयाँ क्यासब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई भाग्यशालीले पोखराको राउण्ड हवाई टिकट पाउनेछन् ।

दशैं दक्षिणाका रूपमा आफ्नो परिवार र आफन्तलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० भाग्यशाली प्रयोगकर्ताले शतप्रतिशत क्यासब्याक पाउने पनि कम्पनीले जनाएको छ । अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक वा अधिकतम १० रुपैयाँसम्म पाउनेछन् भने प्रयोगकर्ताले प्रोमोकोड पनि पाउनेछन्, जुन तीनपटक रिडिम गर्न सकिन्छ । त्यस्तै नमस्ते पेले भ्वाइस र डेटा प्याक, बिल भुक्तानी, मर्चेन्ट भुक्तानी, हवाई टिकटलगायतका सेवामा विभिन्न फ्ल्यास अफरसमेत रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?