प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा विजय रावत चयन

हिमालय टाइम्स
Read Time = 3 mins

जुम्ला । प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा विजय रावत चयन हुनु भएको छ ।

अध्यक्ष रावतको नेतृत्वमा १९ सदस्यीय कमिटी गठन गरिएको छ । लामो समयदेखि नेतृत्व विहीन रहेको प्रेस सेन्टर जुम्लाको अध्यक्षमा रावत चयन भएपछि पूर्णता पाएको हो । प्रेस सेन्टरका केन्द्रीय सदस्य नेत्रबहादुर शाही र प्रेस सेन्टर जुम्लाका बरिष्ठ सल्लाहकार पूर्णप्रसाद चौलागाईको उपस्थितिमा नयाँ नेतृत्व विहीवार चयन भएको हो ।

पदाधिकारीमा उपाध्यक्ष उमेश बुढा, महिला उपाध्यक्ष अनिता बुढा, सचिव गोल्डेन बुढा, सहसचिव उमेर परियार, समाबेशी सहसचिव रामप्रकाश विकसहित १९ सदस्यीय रहेको छ । रिक्त सदस्यहरुमा डिल्ली कामी र प्रकाश विक पनि चयन भएका छन् । प्रेस सेन्टर जुम्लाको नयाँ नेतृत्व चयन भएको अध्यक्ष रावतले जानकारी दिनुभयो ।

संगठनलाई मजबुद गर्नेका लागि सवैको सल्लाह सुझाब अनुसार काम गरिने अध्यक्ष रावतले भन्नुभयो,“ जुम्ली पत्रकारीता क्षेत्रको हक अधिकार र उनीहरुको क्षमतावृद्धि गर्ने सधै लागि गर्ने नवनिर्वाचित अध्यक्ष रावतले जानकारी दिनुभयो ।

सबै पदाधिकारीको साथ सहयोगको आवश्यकता रहेको अध्यक्ष रावतको भनाइ छ । प्रेस सेन्टर जुम्ली इतिहासमा अव्बल नै रहेको केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले बताउनुभयो । संगठनको विरासत कायम राख्न हामी जुटिरहेको छौँ । यसमा नयाँ नेतृत्वको पदाधिकारी भुमिका महत्वपुर्ण हुने केन्द्रिय सदस्य शाहीको भनाइ छ ।

प्रेस सेन्टर नेपाल जुम्लाका अध्यक्ष रावत राष्ट्रिय समाचार समिति (रासस) र हिमालय टाइम्स राष्ट्रिय दैनिकका जुम्ला प्रतिनिधि हुनु हो ।

कर्णाली सरोकार दैनिक जुम्ला र पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्यमा पनि आवद्ध रहनुभएकाे छ । २०७३ सालमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्य समिति भएर उहाँले काम गर्नुभएको छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?