सिनेमाघरमा ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’

Read Time = 3 mins

काठमाडौं । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ ।

प्रेमकथामा निर्माण भएको यो चलचित्र ‘गुञ्जन’मा सारा सिर्पाइली, प्रितमराज सेञ्चुरी, कबिर खड्का, सरोज खनाल, हिउँवाला गौतमलगायतको शीर्ष भूमिका हुनुहुन्छ । अष्टमान महर्जनले निर्देशन गर्नुभएको चलचित्रमा महेश दवाडीको लेखन छ । चलचित्रलाई हिराकृष्ण शाही र सुनिता शाहीले निर्माण गर्नुभएको हो ।

विगत दुई दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आउनुभएका अष्ट महर्जनको यो निर्देशन डेब्यु चलचित्र हो । चलचित्र निर्माणमा आफूले कुनै कसुर बाँकी नराखेको महर्जनको जिकिर छ । ‘मैले फिल्म क्षेत्रमा सिकेको सबै अनुभव फिल्ममा खन्याएको छु’ निर्देशक महर्जनको भनाइ छ । आफू लामो समयदेखि चलचित्र क्षेत्रमा एक्सन विधामा कार्यरत भए पनि निर्देशनको सुरुवात प्रेमबाट गर्न प्रेमकथाको चलचित्र बनाएको उहाँले बताउनुभयो ।

शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ ।

यस्तै आजबाट प्रदर्शनमा आएको त्रिकोणत्मक प्रेम कहानीमा आधारित चलचित्र ‘तिम्रो मेरो साथ’लाई रमेस एम.के पौडेलले निर्माण तथा निर्देशन गर्नुभएको हो । चचित्रको कथा भने सवीर श्रेष्ठले लेख्नुभएको हो भने सवीरलाई बाबुराम निरौलाले स्क्रिप्टमा साथ दिनुभएको छ । चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खडका, सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाल, खडक बि पुन, दिपिशा केसीलगाायत कलाकारको अभिनय छ । एमिली लामाको यो डेब्यु चलचित्र हो ।

सवीर श्रेष्ठ चलचित्रका लेखकमात्र नभई कार्यकारी निर्मातासमेत हुनुहुन्छ । सहनिर्मातामा पासाङ लामा, अर्णव पौडेल, आर्यन पौडेल, निरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधीर पराजुली रहनुभएको छ भने शिव ढकालको छायांकन, सुवाष भुसाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन चलचित्रमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?