ओमसतिया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विपिन क्षेत्री

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले पालिकाको समग्र विकासका लागि आफू लागिपर्ने बताउनु भएको छ ।

गाउँपालिकामा नयाँ जिम्मेवारीका साथ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लुम्बिनी प्रदेश दाङबाट सरुवा भइ आउनु भएका क्षेत्रीले कार्यालयमा आयोजित स्वागत कार्यक्रममा राज्यले दिएको अधिकारको प्रयोग, नीति नियमको अधिनमा रहि काम गर्ने उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले गाउँपालिकाको योजना नीतिअनुसार काम गरी पालिकालाई समुन्नत बनाउने गरी काम गर्न आग्रह गर्नु भयो । उहाले विशेष गरी विकाश निर्माणका कामको गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, वडा नम्बर ५ काअध्यक्ष एवं प्रवक्ता मदन प्रसाद पोख्रेल, विभिन्न वडाका वडाअध्यक्ष, शाखाका अधिकृत तथा कर्मचारी लगायतले क्षेत्रीलाई स्वागत गर्नु भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?