काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले २०८० सालको प्रज्ञा पुरस्कार विभिन्न साहित्यकार तथा सर्जकलाई समर्पण गरेको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कुलपति भूपाल राईले साहित्यकार खगेन्द्र संग्रौलालाई ‘प्रज्ञा अनुवाद पुरस्कार’, मोहनविक्रम सिंहलाई ‘प्रज्ञा दर्शन पुरस्कार’, शान्ता श्रेष्ठलाई ‘प्रज्ञा सामाजिक शास्त्र पुरस्कार’, घनश्याम शर्मा पौडेललाई ‘प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार’, कृष्ण गौतमलाई ‘प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार’ प्रदान गरिएको छ ।
त्यस्तै, प्रा.डा. देवीप्रसाद गौतमलाई ‘प्रज्ञा भाषा पुरस्कार’, कवि बम देवानलाई ‘प्रज्ञा साहित्य पुरस्कार’ (पद्य), आख्यानकार राजवलाई ‘प्रज्ञा साहित्य पुरस्कार’ (गद्य), गंगा कर्माचार्यलाई ‘प्रज्ञा बाल पुरस्कार’, डा. योगेन्द्र प्रधानलाई ‘प्रज्ञा मातृभाषा साहित्य (हिमाली/पहाडी) पुरस्कार’ र पदम विश्वकर्मालाई ‘प्रज्ञा अन्तरदेशीय पुरस्कार’ प्रदान गरिएको छ ।
पुरस्कारका साथ जनही एक लाख रुपैयाँ नगद राशि पनि प्रदान गरिएको थियो । प्रज्ञा मातृभाषा पुरस्कार (तराई÷मधेश) बाट बेचन उरावलाई गत महिना नै धरानमा आयोजित कार्यक्रममा प्रदान गरिसकिएको प्रतिष्ठानका चेतनाथ धमलाले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच