अफगानिस्तानसँगको टी-२० क्रिकेट शृंखला आयरल्यान्डलाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। अफगानिस्तानसँगको पाँच खेलको टी-२० क्रिकेट शृंखला आयरल्यान्डले हात पारेको छ । पाँचौँ तथा निर्णायक खेलमा अफगानिस्तान ७ विकेटले पराजित भएको हो ।

बेलफास्टमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनाएको थियो ।

वर्षाले प्रभावित भएको खेलमा डिएल पद्धतिका आधारमा आयरल्यान्डले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो । उसले ६ ओभर ४ बलमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।

जितसँगै ५ खेलको शृंखलामा आयरल्यान्ड ३-२ ले विजयी भएको छ । आयरल्यान्ड पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा २२ रन र चौथो खेलमा २७ रनले पराजित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?