‘यो तीजको लहर हो’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मेलिना राई र अन्नु चौधरीको स्वरमा रहेको तीज गीत ‘यो तीजको लहर हो’ सार्वजनिक भएको छ । डीपी खनालको शब्द, ताराप्रकाश लिम्बूको संगीत र देबेश राईको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शान थापाको निर्देशन रहेको भिडिओमा स्मारिका ढकाल, समारिका ढकाल, दीपा शाही, सुशीला थापा, आभा थापा र बिना राउतलगायत कलाकारको अभिनय छ । अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीले सम्पादन रहेको भिडिओमा राजीव समरको कोरियोग्राफी छ ।

नोभिस आर्टसको निर्माण रहेको यस भिडिओलाई ‘नोभिस आर्टस’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?