भरतपुरमा नाडाको प्रशिक्षण कार्यक्रम

Read Time = 3 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चितवन अटोमोबाइल्स एसोसिएसन प्रदेश ३ सँगको सहकार्यमा चितवनको भरतपुरमा कर, भन्सार तथा भिसिटिएससम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नाडाका अध्यक्ष धु्रवबहादुर थापाले आर्थिक वर्ष २०७९/०८० को बजेटले सवारीसाधनको महसुलमा गरेको परिवर्तनले व्यवसायीमा थप अन्योल सिर्जना भएको भन्दै देशमा विद्यमान तरलता अभावले व्यवसायीलाई व्यवसाय सञ्चालनमा कठिनाइ हुँदै गएको बताउनुभयो ।

विश्वमा विद्युतीय सवारीसाधन प्रयोग अपरिहार्य भएको भन्दै विद्युतीय सवारी व्यवस्थित गर्न सरकारले आवश्यक नीति नियम तर्जुमा गरेर थप रोजगारी सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो । व्यवसायमैत्री नीति नियम ल्याउन सरकारलाई नाडाले दबाब दिँदै आएको सन्दर्भमा स्वच्छ व्यवसायका लागि समेत नाडाले आवाज उठाउँदै आएको अध्यक्ष थापाको भनाइ छ ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजस्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टर्ड एकाउन्टेन निकेट अग्रवालले प्रशिक्षण दिनुभएको नाडाले जनाएको छ ।

प्रशिक्षणमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सदस्यद्वय अनुप बराल, निलमणि पाठक, प्रकाश कपुरी तथा सोहन श्रेष्ठलगायतको उपस्थिति रहेको नाडाले जनाएको छ । नाडाले गत जेठ २७ मा लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, प्रदेश ४ को सहकार्यमा सोही प्रकारको प्रशिक्षण कार्यक्रम गरेको थियो । असारभित्र सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने नाडाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?