जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा पालिकाको नराकोट स्वास्थ्य चौकीमा बुधबार संचालन भएको पाठेघर तथा क्यान्सर सम्बन्धी स्वास्थ्य परिक्षण शिविरबाट दुई सय ५० जनाले स्वास्थ्य जाँच गरेकाछन् ।
यहाँका महिलाहरुको पाठेघर जाँच सम्बन्धी स्वास्थ्य शिविर पालिकाले स्वास्थ्य चौकीमै संचालन गरेको छ । शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण समेत गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । सिंजाका स्थानीयवासिलाई गुणस्तरीयता स्वास्थ्य सेवा दिनका लागि विशेषेज्ञ डाक्टरबाट स्वास्थ्य शिविर गाउँ केन्द्रित गरिने गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।
स्वास्थ्य शिविरमा महिलाहरुमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या देखिएको, सेतो पानी बग्नेलगायतको समस्या भेटिएको छ । कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरुमा प्रजनन स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम हुने गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले बताउनुभयो ।
स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सर चाँज गरिएका एक सय ४६ जना महिलामा पाँच जना महिलाको पाठेघरमा रिङ राखिएको छ । तीन जनालाई सर्जरी गर्नुपर्ने देखिएको छ । स्वास्थ्य परिक्षणबाट पाँच जनालाई क्यान्सर भएको शंक गरिएको छ । तीन जनामा क्यान्सरको संक्रमण लक्षण देखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रोकायाले जानकारी दिनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरबाट सिंजाका महिलाहरुको पाठेघर खस्न सम्बन्धी स्वास्थ्य जाँचबाट यहाँका महिलाई थप उपचारमा राहत पुगेको सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच