तराईमा हुस्सु, पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको उल्लेख गर्दै जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको उल्लेख गरेको छ । महाशाखाका अनुसार मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु लागिरहेको रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भू-भागहरूका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ । यस्तै महाशाखाले राति सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र हिमपात तथा तराइमा हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?