नर्भिकको दोस्रो साधारणसभा

Read Time = 2 mins

काठमाडौं । सर्वसाधारणका लागि सेयर निस्कासन योजनासहित पब्लिक लिमिटेडमा रूपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले लाभांश बढाएर पारित गरेको छ । शुक्रबार थापाथलीमा सम्पन्न दोस्रो साधारणसभाले सञ्चालक समितिबाट भएको प्रस्तावमा संशोधन गर्दै लाभांश बढाएर पारित गरेको हो ।

यसअघि सञ्चालक समितिले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरणको निर्णयसहित प्रस्ताव साधारणसभामा लगेको थियो ।

सञ्चालक समितिको प्रस्तावअनुसार २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गरिनेमा २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साधारणसभा उद्घाटन नर्भिक अस्पतालका संरक्षक वसन्त चौधरी र अस्पतालको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संयुक्तरूपमा गर्नुभएको थियो । हाल नर्भिकको चुक्ता पुँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ भने २० प्रतिशत बोनस सेयरसँगै चुक्ता पुँजी २७ करोड रुपैयाँ पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?