गर्भवती महिलाका लागि गाउँमै स्वास्थ्य सेवा

फाइल तस्वीर

Read Time = 2 mins

हुम्ला । हुम्लाको दुुर्गम सर्केगाड गाउँपालिकाको तीन स्वास्थ्य चौकीमा एक सय छ गर्भवती महिलाको अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच गरिएको छ ।
गाउँघरका गर्भवती महिलाको सामान्य गर्भ जाँच मात्र हुँदै आएकामा जिल्लाको मध्यभागमा रहेको उक्त गाउँपालिकाको रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा जिल्ला अस्पतालका दक्ष जनशक्तिसहितले अल्ट्रासाउन्डसहित गर्भ जाँच गरेका अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो।

तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा एक सय ६भन्दा बढी गर्भवतीको जाँच गरिएकामा ११ जनाको पाठेघर खसेको र दुुई जनाको गर्भमा रहेको शिशुुको टाउको उल्टो रहेको पत्ता लागेको अनमी बोहराको भनाइ थियो ।

रोडिकोट स्वास्थ्यचौकीमा ५०, सर्केगाडमा ३० र रिपको लिप्ने स्वास्थ्यचौकीमा २६ जनाको उपचार गरिएको थियो । पाठेघर खसेको गर्भवतीको स्वास्थ्य चौकीमै उपचार गरिए पनि शिशुको टाउको उल्टो रहेको गर्भवती महिलालाई तत्काल जिल्ला अस्पताल आउन सुझाव दिइएको थियो । आज खार्पुनाथ गाउँपालिकामा गर्भवती महिलाको स्वास्थ्य जाँच गरिने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?