जुम्ला जीप दुर्घटना अपडेट : एक जनाकाे मृत्यु, १५ घाईते

Read Time = 3 mins

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका – ६ मा जीप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मूत्यु भएको छ ।

सदरमुकाम खलगां बजारबाट पातारासीको लासि बजार जादै गरेको ग १ ज ४०३५ नम्बरको जीप सोमबार अपरान्ह ४ बजे दुर्घटना हँदा सो गाउँपालिका – १ ४२ वर्षीया छोदेन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिनुभयो ।

घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित स्थानीयवासीले घाईतेको उद्धार गरेका हुन् । घाइते १५ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको प्रतिष्ठानका निर्देशक राजिव शाहले जानकारी दिनुभयो । सडकबाट ५० मिटर तल तिला नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जीपमा सवार चालकसहित १७ जना रहेको र जीप चालक फरार रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरु १३ वर्षीय उर्जेन लामा, ७४ वर्षीया छिरिङ साङ्मु लामा, २४ वर्षीया छिरिङ पुटिङ लामा, ४२ वर्षीय जिग्मे लामा, १२ वर्षीय उर्जेन हिक्सिन, १७ वर्षीय पेमा लामा, २३ वर्षीय निग्मा साङ्मु, १७ वर्षीय तुल्सान तामाङ, ४० कार्मा लामा, २४ वर्षीय छिरिङ पाल्जो, २७ वर्षीय एसएसआई तामाङ, १४ वर्षीय सोनम तामाङ, ८ वर्षीया पेमा डोल्मा तामाङ रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमध्ये ६२ वर्षीया मिम्जाम लामा, ६७ वर्षीय कार्मा लामाको स्वास्थ्य अवस्थामा गम्भीर रहेको कर्णाली स्वास्थ्य विज्ञानले जनाएको छ । घाइते सबै सोही वडाको हुने सक्ने प्रहरीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?