अब राष्ट्रपति चयनलाई सत्ता गठबन्धन टुटाउने मिसन बनाउँछौं : चन्द्र भण्डारी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेस सांसद चन्द्र भण्डारीले सत्तारुढ गठबन्धन टुटाउनका लागि राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताउनु भएको छ ।

सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सरकार बनाउने बेला माओवादीसहितले आफूहरुको गठबन्धन टुटाएकाले अव आफूहरुले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नु स्वभाविकै भएको तर्क समेत गर्नु भयो ।

सांसद भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारुढ गठबन्धन टुटाउने गरिएको प्रयास सफल नभएकाले अव राष्ट्रपतिलाई मिसन बनाएर सो कामलाई अघि बढाउने पनि स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘हामी चुनावमा गठबन्धनमा थियौं । त्यो गठबन्धन टुट्यो भने अव यो गबन्धन पनि कसरी टुट्छ भनेर सोच्छ नि । पहिला हामी माओवादी सहित ४ वटा पार्टी गठबन्धनमा गयौं । सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो नि । जसको गठबन्धन टुटेको छ । त्यसले अर्को गठबन्धन टुटाउन लागि रहन्छन नि । त्यो निरन्तर प्रक्रिया हो । यो राजनीतिमा आउने स्वभाविक प्रक्रिया हो । त्यसकारण मिसन सभामुख थियो । त्यो भएन । अव मिसन राष्ट्रपति पनि हुन्छ । मिसट गठबन्धन टुटाउने हुन्छ । यसमा कुनै शंका नै भएन नि ।’

सांसद भण्डारीले गठबन्धनलाई टुटाउने काम राजनीतिमा निरन्तर भईरहने पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?