नेपालगञ्जमा आज दिनभर निषेधाज्ञा, राति कर्फ्यू

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बाँके । नेपालगन्जमा शनिबार दिनभर निषेधाज्ञा जारी नै रहने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, शनिवार राति ८ वजेदेखि २१ गते आइतवार बिहान ४ वजे सम्म कफ्र्यु आदेश जारी गरिएको छ । जिल्लाको अवस्था हेरेर कफ्र्यु तथा निषेधाज्ञामा हेरफेर गरिएको प्रशासनले जनाएको छ ।

नेपालगञ्जमा सामाजिक धार्मिक सदभाव भड्किने संकेत देखिएपछि मंगलबार देखि स्थानिय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरेको कफर्यु आदेश र निषेधाज्ञामा केहि खुकुलो बनाउदै लगेको हो ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्धारा आज शनिवार जारी गरिएको विज्ञप्तीमा विहान ९ बजेदेखि साँझ ८ वजेसम्म नेपालगञ्जको पुर्वमा राप्ती नदीपुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानिय प्रशासन ऐन २०२० को दफा ६ (क) (१) (३) बमोजिम निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

यसैबीच मंगलबार भएको झडपमा परी घाइते भएका नेपालगञ्जका श्याम गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार भएको झडपमा परी ५ जना सुरक्षाकर्मी र १७ जना नागरिक घाइते भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?