बालुवाटारमा सर्वदलीय बैठक सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गर्नुभएको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता छ ।
बैठका मकांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादर खड्कालगायत नेता हुनु हुन्छ ।

त्यस्तै, प्रमुख सत्ता साझेदार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल हुनु हुन्छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका अध्यक्ष रवि लामिछाने, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी हुनुहुन्छ । यस्तै, प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्वतन्त्र सांसदको पनि बैठकमा उपस्थिति छ ।

मन्त्रिमण्डलको पुर्णता तथा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम सके पछि प्रधानमन्त्री निवास वालुवाटारमा सर्वपक्षीय बैठक भएको हो ।

सर्वदलीय बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?