श्री सत्य साई सेवा अर्गनाइजेसनद्वारा बृहत् सम्मान अर्पण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । लाखौं साई भक्तहरूको आस्थाको केन्द्र श्री संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा श्री सत्य साई सेवा अर्गनाइजेसनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लामो समयदेखि योगदान पुर्‍याउनुभएका विशिष्ट व्यतित्वलाई श्री सत्य साई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेहरूमा वरिष्ठ कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, शिवसुन्दर श्रेष्ठ, मिथिला शर्मा बोहोरा, पूर्जा शर्मा, सितार बादक शुसान थापा, शुसिल अमात्य, गायक सत्यराज आचार्य, स्वरूप राज आचार्य रहनुभएको छ ।

यस्तै सो समारोहमा प्रोफेसर यशोधा पन्त, प्रोफेसर कान्ता भट्टराई, डा.माधव मंगल जोशी, प्रो.डा.धनबहादुर कुँवर, डा.भोला रिजाल, डा.गुनबहादुर थापा, श्यामसुन्दर धवडेल, भद्राकुमारी घले, अस्मिता भण्डारी रहनुभएको छ । श्री संजय साई बाबाको ३५औं जन्मोत्सव को अवसरमा सत्य साई सेवा अर्गनाइजेसनले यही पुस २ गतेदेखि बृहत् ३५ दिने विभिन्न परोपकारी तथा सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

अर्गनाइजेसनले यही माघ २ गते महिला दिवस (आश्रमले हरेक महिनाको दुई गते मनाउने)को अवसरमा आर्थिक रुपमा बिपन्न महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले सिलाइ बुनाइ मेसिन हस्तान्तरण गरिएको थियो भने ७० बर्ष भन्दा माथि उमेर हुनुभएका ३५ जना ज्येष्ठ नागरिकलाई विशेष सम्मान गरिएको थियो ।

श्री संजय साई बाबाको ३५औं जन्मोत्सव यही माघ ६ गते काठमाडौंको सानोगौचरनमा विशेष कार्यक्रमगरी मनाइँदै छ । उक्त कार्यक्रममा देश तथा विदेशबाट विशिष्ट अतिथिको उपस्थिति रहने संस्थाका अध्यक्ष अम्बिर केसीले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?