काठमाडौं । नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनामा भइरहेको तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपले पुरुष युगल (शीर्ष २० वरीयताबाहेक) को उपाधि उचाल्नुभएको छ ।
अधिकारी र लिनथेपको जोडीले नेपाल पुलिस क्लबका गौरव दाहाल र अनिष श्रेष्ठको जोडीलाई २१-१९, २१-१३ को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । तेस्रो स्थानमा नखिपोट युथ क्लबका एशिया जवेगु र दिवस शंकरको जोडी तथा न्यु बिएसका निश्चल खत्री र श्रीजल पोखरेल रहनुभयो ।
विजयी खेलाडीले नगद ५० हजार, उपविजयीले नगद २५ र तृतीयले नगद १०/१० हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
च्याम्पियनसिपको मुख्य आकर्षण ५५ वर्षमाथिको डबल्समा ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्ट्स क्लबका दिलबहादुर कदंगवाको जोडीले जित हात पा¥यो । सुरेश र दिलको जोडीले नखिपोट युथ क्लबका पूर्ण बुढाथोकी र कुमार राईको जोडीलाई दुई-एकले पराजित गर्दै उपाधि उचालेको हो । सुरेश र दिलको जोडीले १९-२१, २१-१७, २१-८ को नतिजासहित जित हात पार्यो ।
एपिएफका बलराम लामिछाने र प्रेमकुमार श्रेष्ठको जोडी र कीर्तिपुरका पूर्णचन्द्र जोशी र राजु महर्जनको जोडी संयुक्तरूपमा तेस्रो भयो ।
विजयीले नगद ३० हजार, उपविजेताले नगद २० र तृतीयले नगद १०÷१० हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच