कांग्रेसले उपसभामुख पदको उम्मेदवार मुक्ता यादवलाई बनाउने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरुको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय सदस्यसमेत रहेकी यादवलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । यादव समानुपातिक सांसद हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?