निर्यात प्रवद्र्धनको अपरिहार्य

Read Time = 12 mins

✍️ डा. सुमनकुमार रेग्मी

पन्ध्रौं योजना २०७६-७७ देखि २०८०-८१ सम्म कायम रहनेछ । हाल चालुु २०७८-७९ पन्ध्रौं योजनाको तेस्रो वर्ष रहेको छ । योजनाको पहिलो दुई वर्षमा नेपाललाई विकासशील देश बनाउने, विसं २०८७ सम्ममा सम्पूर्ण नागरिकलाई निरपेक्ष र बहुआयामिक गरिबीको अवस्थाबाट मुक्त गर्दै दिगो विकासको लक्ष्य हासिल गर्ने तथा मध्यम आयस्तर भएको देशमा स्तरोन्ति गर्ने र विसं २१०० सम्ममा समुन्त देशको स्तरमा पु¥याउन २५ वर्षअवधिको दीर्घकालीन सोच निर्माण गर्ने राखिएको छ ।

प्रस्तुत सन्दर्भले निर्यात प्रवद्र्धनको आवश्यकता दर्शाएको छ । २०७९/०८० को पहिलो सात महिनाको अर्थतन्त्रको व्यापारिक चित्रणतर्फ नियाल्दा २०७९/८० को माघ महिनासम्म कूल वैदेशिक व्यापारमा २०.८४ प्रतिशतले कमी आई यो सात महिनामा निर्यात सबभन्दा बढी २९.०३ प्रतिशतले घटेको छ । माघ २०७९ मसान्तसम्म आयातमा भने १९.९ प्रतिशतले कमी आएको छ । २०७९ माघसम्म देशले ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको देखिन्छ । २०७९ माध मसान्तसम्म पौने २ खर्बको इन्धन आयात भएको छ । २०७९ माघ मसान्तसम्म नेपालबाट सबैभन्दा धेरै १३ अर्ब ९२ करोड ६७ लाख बराबरको पाम तेल निर्यात भएको छ भने ८ अर्ब २७ करोडको सोयाबिन तेल निर्यात भएको छ । यस्तै ४ अर्ब बढीको अलैँची र २ अर्ब बढीको चिया निर्यात भएको छ ।

विलासिताका वस्तुसँगै कृषीजन्य वस्तुहरूसमेत आयत बढ्दा व्यापार घाटा उच्च देखिएको, विदेशीमुद्रा सञ्चिति घट्दै गएपछि सरकारले २०७५ वैशाख १३ देखि मदिरा, तास, महँगा मोबाइल, टिभी, मोटरसाइकल लगायतका १० वस्तुका आयात बन्देज गरेको थियो ।

आ.व. २०७९/०८० को ६ महिनामा साउनदेखि पुससम्ममा आयात तथा निर्यात दुवै घटेको छ । बेला-बेलामा सम्बन्धित निकायअनुसार २०७८÷७९ को ६ महिनाभन्दा २०७९/८० को ६ महिनामा २०.६८ प्रतिशतले कमी आई ७ खर्ब १२ अर्ब ७७ करोड ६२ लाख ८९ हजार रुपैयाँको आयात भएको छ । २०७८/७९ मा सो अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख आठ हजार रुपैयाँ आयात भएको थियो ।

२०७८ को साउनदेखि पुससम्मको तुलनामा २०७९/८० को सोही अवधिमा निर्यातमा ३२ प्रतिशतले कमी आई ८० अर्ब ८० करोड ७४ लाख २१ हजार रुपैयाँको सामान निर्यात भएकोे छ । २०७८/७९ सोही अवधिमा एक खर्ब २०७८/७९ को पहिलो ६ महिनामा व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो । विलासिताका वस्तुसँगै कृषीजन्य वस्तुसमेत आयत बढ्दा व्यापार घाटा उच्च देखिएको, विदेशीमुद्रा सञ्चिति घट्दै गएपछि सरकारले २०७५ वैशाख १३ देखि मदिरा, तास, महँगा मोबाइल, टिभी, मोटरसाइक लगायतका १० वस्तुका आयात बन्देज गरेको थियो । मुद्रा सञ्चितिमा झिनो सुधार आएपछि २०७९ मार्ग मसान्तदेखि भने आयात खुला गरेको थियो ।

२०७९/८० को छ महिनामा आयात व्यापार २०.६८, निर्यात व्यापार ३२, व्यापार घाटा १९.५ प्रतिशतले घट्यो । आठ अर्बको वस्तु आयात हुँदा जम्मा ८० अर्बको निर्यात भएको छ । आयात नभई नहुने वस्तुदेखि स्वदेशमा नै उत्पादन हुन सक्ने वस्तुसमेत आयात बढ्दा आयात र निर्यात बीचको खाडल बढेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालमा १६४ देशबाट १९ खर्ब २१ अर्बभन्दा बढीको सामान आयात भएको छ । भारतबाट २०७८।७९ मा नेपालले १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । १२ खबभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरका सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्र २०७८/७९ मा १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो ।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । २०७८/७९ मा चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रुपैयाँबराबरको आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग २ खर्ब ७३ अर्ब ९७ करोड ४९ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको थियो । चीनसँगको आयातसँगै निर्यात वृद्धि हुँदै आएको छ । २०७८/७९ मा नेपालले २ खर्ब ३० करोड ९६ लाख रुपैयाँबराबरको स्वदेशीकूल वस्तु निर्यात गरेको थियो । २०७७/७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँको निर्यात गरेको थियो । २०७७/७८ को तुलनामा २०७८/७९ मा आयात २४.७२ र निर्यात ४१.७४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

आयातको तुलनामा न्यून मात्रामा निर्यात हँदा नेपालको व्यापार घाटा वृद्धि भएको थियो । २०७७/७८ को तुलनामा २०७८/७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको देखिन्छ । २०७७/७८ को तुलनामा २०७८/७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धिभएको थियो । २०७८/७९ मा देशको व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो । आ.व. २०७७/७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँबराबरको थियो । २०७८/७९ मा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको थियो । तर, २०७७/७८ को तुलनामा २६.१५ प्रतिशतले बढी रहेको छ । २०७७/७८ मा नेपाल १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख रुपैयाँबराबरको वैदशिक गरेको थियो ।

सन् साठीको दशकको मध्यभन्दा पहिले नेपालको नियमित व्यापार भारतमा केन्द्रित थियो । १९७० मा व्यापार प्रवद्र्धन केन्द्रको स्थापनापश्चात नेपालको निकाशी तथा पैठारीमा विविधीकरण गरियो र सन् १९८८ तिर समुद्रपार निकाशी व्यापारले नेपालको निकाशीमा ८८ प्रतिशत ओगट्न सफल भयो ।

भारतपछि चीनसँग २ खर्ब ६३ अर्ब ९७ करोडको व्यापार घाटा रहेको छ । एक वर्षमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोेडको वैदेशिक व्यापार रहेको छ । आ.व. २०७७/७८ मा नेपालले १६ खर्ब ८० अर्ब १७ करोडको वैदेशिक व्याापार भएको थियो । सबै देशसँग व्यापार घाटाको कुरा गर्ने हो भने आ.व. २०६९/७० मा ५ खर्ब ३६ अर्ब २३ करोड थियो भने दश वर्षपछि अर्थात् आ.व. २०७८/७९ मा १७ खर्ब २० अर्ब ४१ करोड रहेको छ ।
आ.व. २०७८/७९ मा मात्र डिजेलमा १ खर्ब ६८ अर्ब २३ करोड, पेट्रोल ७१ अर्ब ३८ करोड र एलपी. ग्यासमा ६५ अर्ब ५५ करोड व्यापार घाटा रहेको छ । नेपालको निर्यात व्यापार २ खर्ब ३० करोड पुगेको छ । निर्यात व्यापार २०७७/०७८ मा तुलनात्मक रूपमा २०७८/०७९ मा ४१.७ प्रतिशतले बढेको छ । २०७८/०७९ मा निर्यात भएका वस्तुहरूमा प्रशोधित भटमासको तेल ४५ अर्ब ३५ करोडको, प्रशोधित पाम तेल ३७ अर्ब ९४ करोड, सेन्थेटिक यार्न १० अर्ब १४ करोडको, उनी गलैँचा र कार्पेट ७ अर्ब, तयारी कपडा ५ अर्ब ७६ करोडको रहेको छ ।

व्यापार घाटा कम गर्न आवश्यक :
सन् साठीको दशकको मध्यभन्दा पहिले नेपालको नियमित व्यापार भारतमा केन्द्रित थियो । १९७० मा व्यापार प्रवद्र्धन केन्द्रको स्थापनापश्चात नेपालको निकाशी तथा पैठारीमा विविधीकरण गरियो र सन् १९८८ तिर समुद्रपार निकाशी व्यापारले नेपालको निकाशीमा ८८ प्रतिशत ओगट्न सफल भयो । तर, सन् १९९० का दशक र त्यसपछिका वर्षमा गलैँचा, पश्मिना र तयारी पोशाकको निकासी कम भयो । सोही अनुसार नेपालको निकासी संरचनामा परिवर्तन आयो ।

अघिल्लो वाणिज्य नीति २०६५ र नेपाल व्यापार एकीकृत रणनीति २०१० ले पहिचान गरेका निर्यात हुने वस्तु तथा सेवाको उत्पादकत्वमा वृद्धि गर्न उत्पादनशील आयात, मूल्य अभिवृद्धि र मूल्य शृंखला व्यवस्थापनमा जोड दिँदै निर्यात प्रबद्र्धन गर्ने, निर्यात व्यापारका लागि पहिचान गरिएका र गरिने वस्तुको देशगत एवं वस्तुगत व्यापार विविधीकरण गर्ने र वाणिज्य संबद्ध तथा सुदृढीकरणमा जोड दिँदै यसको अधिकतम उपयोग गर्ने भनिएको थियो । साथै उद्योग क्षेत्रको लक्ष्यमा औद्योगिक क्षेत्रको विकास र विस्तारद्वारा रोजगारीमा वृद्धि, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रको अभिवृद्धि गर्ने उल्लेख गरिएको थियो । त्यस्तै उद्योग क्षेत्रको उद्देश्यमा औद्योगिक वस्तुहरूको निर्यात वृद्धि गरी व्यापार घाटामा कमी ल्याउने कल्पना थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?