डडेल्धुरामा पाँचौं महोत्सव मेला

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा ११ दिने प्रदेश स्तरिय महोत्सव आयोजना हुने भएको छ ।

“कृषि पर्यटन उद्योग र व्यापार, समृद्ध डडेल्धुराको आधार” भन्ने मूल नाराका साथ फागुन ४ देखि १४ गते सम्म संचालन हुने महोत्सवमा डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका बिभिन्न कला संस्कृति खेलकुद तथा औद्योगिक संभावनालाई उजागर र प्रबद्र्धन गर्ने उद्देश्यले पाँचौं व्यापार मेलाको रुपमा महोत्सव गर्न लागिएको आयोजक संस्था उद्योग बाणिज्य संघ डडेल्धुराले जानकारी दिएको छ ।

स्थानीय उत्पादन, स्थानीय कला संस्कृति र पहिचानलाई प्राथमिकता दिदै करिब ७२ लाख खर्च गरेर बिभिनन स्टल निर्माण तथा सुदूरपश्चिमका प्रसिद्ध पर्यटकिय क्षेत्रको हेलिकप्टरद्वारा अवलोकन,पश्चिम सेतीमा ¥याफ्टिङ, लोपोन्मुख भेषभूषाको प्रस्तुति सँगै ऐतिहासिक स्थलको अवलोकन गराउने कार्यक्रम पनि रहेको आयोजकले पत्रकार सममेलन मार्फत जानकारी दिएका हुन ।
देवभूमि, सुन्दर भूमि डडेलधुरामा सुदूरपश्चिमका हिश्रृंखला, प्रसिद्ध प्राकृतिक तथा धार्मिक क्षेत्र, ऐतिहासिक क्षेत्र, पर्यटकिय क्षेत्र, खप्तड लगायत बिभिन्न स्थानहरु र सम्पदाहरुको तस्वीर प्रदर्शनी सहित प्रमुख पर्यटकिय स्थलको जानकारी एवं भ्रमणको पनि व्यवस्था गरिएको जनाईएको छ ।

कार्यक्रममा चर्चित राष्ट्रि तथा स्थानीय कलाकारको साँगैतिक एवं हाँस्य कला प्रस्तुती, नृत्य तथा गायन प्रस्तसति, वाल उद्यान, योग शिविर सहित रमाईलो मेलाको रुपमा महोत्सवका आकर्षण प्रस्तुत गरिएको छ ।

कृषि जडीबुटि उपज तथा उद्यमीको उत्पादनको प्रदर्शनी र बजारीकरण,प्रचारप्रसार, लोकसंस्कृतिको जगेर्ना र प्रोत्साहन, कोरोना पछि नागरिकमा आएको त्रासबाट मनोरञ्जन गराउने, स्थानीय परिकारको प्रचारप्रसार, पालिका स्तरिय भलिवल प्रतियोगिता लगायतका बिबिध कार्यक्रमहरु प्रस्तुत र प्रदर्शनी गरिने महोत्सवमा करिब डेढलाख आगन्तुक तथा दर्शक रहने पनि अनुमान गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?