विविध सामाजिक कार्यसहित मनाइयो सञ्जय साई बाबाको ३५औं जन्मोत्सव

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । लाखौं साई प्रेमिहरूका आस्थाका प्रतीक श्री सञ्जय साई बाबाको ३५औं सुभ जन्मोत्सव विविध समाजिक कार्यसहित मनाइएको छ । बाबाको ३५औं सुभ जन्मोत्सव विविध मानव सेवाका सामाजिक कार्यक्रमहरू गर्दै सम्पन्न भएको हो ।

काठमाडौंको सानो गौचरनमा भव्य र दिव्य समारोहबीच सम्पन्न उक्त कार्यक्रममा हजारौं स्वदेशी तथा विदेशी साई भक्तहरूको उपस्थिति थियो । पुस २ गतेदेखि सुरु भएको ३५ दिने शुभजन्मोत्सब कार्यक्रममा पुस १६ गते बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा उल्लेख्य साई भक्तले रक्तदान गरेका थिए । यसैगरी जाडो र शीतलहरलाई मध्यनजर गर्दै श्री सञ्जय साई सेवा अर्गनाइजेसनले चितवन, भैरहवा, रूपन्देही, सुनसरी, कटाहारी, विराटनगर, पाल्पा, पर्सा, मकवानपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकलगायत जिल्लामा गरिब असाहाय र विपन्न वर्गका परिवारलाई लक्षित गरेर प्रतिपरिवार एक थानका दरले तीन हजार थान न्यानो ब्लान्केट वितरण गरेको थियो भने आर्थिक रूपमा विपन्न डेढ दर्जन महिला उद्यमीहरूलाई निःशुल्क सिलाइ मेशिन हस्तान्तरणसमेत गरेको थियो ।

संस्थाले केही दिनअघि मात्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विविध क्षेत्रमा रहेर देश र जनताका लागि विशेष योगदान पु¥याउनुभएका दुई दर्जनभन्दा बढी राष्ट्रिय कलाकार, संगीतकर्मी, तथा समाजसेवीलाई श्री सञ्जय साई अन्तर्राष्ट्रिय अवार्डद्वारा विशेष सम्मान गरेको थियो ।
यसरी विविध सामाजिक तथा मानवीय सेवाका अभियान निःशुल्क स्वास्थ शिविर, अनाथ आश्रम, वृद्ध आश्रम र बाल आश्रममा बृहत् नारायण सेवाका कार्य सञ्चालन गर्दै माघ ६ गते श्री सञ्जय साई बाबाको ३५औं दिव्य अवतार महोत्सव भव्य रूपमा सम्पन्न भएको छ ।

अन्तिम दिनको कार्यक्रममा विविध झाँकी, नृत्य कलश यात्रासहित भव्य रूपमा रथारोहण कार्यक्रम आयोजना गरिएको थियो । बाबाको बाहुलीबाट दीप प्रज्वलनगरी समुद्घाटन गरियको भव्य समारोहमा नेपाल सरकारका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा भारत, ओमन, अष्ट्रेलिया, अफ्रिका, बेलायत तथा अमेरिकाबाट आएका हजारौं साई भक्तले बाबालाई शुभजन्मोत्सव शुभकामना अर्पण गरेका थिए । भारतमा रहेका श्री सञ्जय साई सेवा अन्तर्राष्ट्रिय संस्थाका अध्यक्ष प्रताप ठक्करलगायत दर्जनौ च्याप्टर चेरमेनहरू र पदाधिकारी साई भक्त हरूको बाक्लो उपस्थिति थियो । दक्षिण भारत चेन्नाइबाट आएका ख्याती प्राप्त साई भक्त कलाकारहरूले अत्यन्त भक्तिभावपूर्ण विशेष सांगीतिक कार्यक्रम प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विभिन्न आध्यात्मिक पत्रिकाको लोकार्पणसमेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै श्री सञ्जय साई बाबाले जीवन र जगतका बारेमा निकै नै गहकिला विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नायक शिव श्रेष्ठ, अर्जुनजंग शाहीलगायत चर्चित राष्ट्रियस्तरका कलाकारको उपस्थिति थियो ।

कार्यक्रममा शुभजन्मोत्सव मूलसमारोह समितिका संयोजक तीर्थ प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका अध्यक्ष अम्बिर केसी तथा अन्तर्राष्ट्रिय अध्यक्ष प्रताप ठक्करले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सञ्जय साई सेवा अर्गनाइजेसन नेपालका सम्पूर्ण पदाधिकारीलगायत विशिष्ट व्याक्तित्वले श्री सञ्जय साई बाबामा पुष्प गुच्छा अपर्ण गरेका थिए । एक विशेष कुराकानी गर्दै यसरी धार्मिक पर्यटनको हिसाबले यो उल्लेख्य उपस्थिति समाज र राष्ट्रको हितमा निकै नै सुखद् रहेको संस्थाका अध्यक्ष अम्बिर केसीले जानकारी दिनुभयो । कार्यक्रमलाई इमेज टेलिभिजन र भक्ति दर्शन टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?