एकीकृत समाजवादी कास्कीका सचिव एमाले प्रवेश

Read Time = 1 min

पोखरा । नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गर्नुभएको छ । पोखरामा आयोजित एक कार्यक्रममा उहाँलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अविर र खादा लगाएर पार्टी प्रवेश गराउनु भयो ।

नेपाली विद्यार्थी राजनीतिबाट उदाउनु भएको हो । उहाँ सुरु देखि नै माधवकुमार नेपाल निकट हुनुहुुन्थ्यो । पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोज्नुभएको थियो ।
पार्टी प्रवेश गर्दै नेपालीले एमाले कुनै हालतमा नसकिने र साङ्गठनिक पद्धतिमा नचल्ने नेकपा एसको अस्तित्व नरहने बताउनुु भयो

नेकपा एसमा १ वर्ष रहँदाको अनुभवले नेकपा एसको अस्तित्व नजोगिने उहाँको भनाइ थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?