कृषि : प्रकृतिसँग जोड्ने आर्थिक सेतु

Read Time = 13 mins

✍️ स्वयम्भुनाथ कार्की

जीवनधारीको निमित्त आफ्नो जीवन कायम राख्नु पहिलो प्राथमिकता हो । त्यसपछि सन्तानोत्पदन गरेर आफ्नो वंश कायम राख्नु अर्को प्राथमिकता हो । यसको निमित्त उसले केही न केही प्रयत्न गर्दै रहनुपर्ने हुन्छ । जीवन धान्न केही आधारभूत वस्तुको आवश्यकता हुन्छ । त्यसमध्ये सास फेर्न प्राणवायुमात्र एक यस्तो आवश्यकता हो जसको निमित्त कुनै अतिरिक्त परिश्रम गर्नु पर्दैन । हुन त वर्तमानमा आफैँले जथाभावी गरेर, प्रकृतिमाथि अनाधिकार स्वामित्वको दम्भ पालेर प्राणवायुको निमित्त पनि अतिरिक्त श्रम गर्नुपर्ने अवस्थामा मानव पुगेको छ । यो अवस्थालाई मानवको आफूमाथिको अनुचित हस्तक्षेपको प्रकृतिले दिएको दण्डको रूपमा लिन सकिन्छ । त्यसबाहेक अन्य प्राथमिक आवश्यकता पानी तथा भोजन भने प्राणवायु स्वतः नाकसम्म उपलब्ध भएजस्तो सहज उपलब्ध हुँदैनन् ।

स्थावर वा जंगम अर्थात् वनस्पति जगत् वा प्राणी जगत्का हरेक जीवधारी विराट खाद्य चक्रका कडी हुन् । यसकारण आफूलाई अर्काको भोजन बन्नबाट बचाएर आफ्नो भोजन हुनसक्ने जीव खोज्ने काम चुनौतीपूर्ण नै हुन्छ । अनि निरन्तर एकै स्थानमा चीरकालसम्म भोजन उपलब्ध हुन्छ नै भन्ने पनि हुँदैन । यसैले प्राणी जगतका सबैजसो सदस्य एक स्थानबाट अर्को स्थानसम्म भौँतारिरहेका हुन्छन् । केही प्राणीहरूको अनुभव र त्यसले सिर्जना गरेको ज्ञान अर्को पिँढीमा हस्तान्तरण गर्ने योग्यता भएका हुन्छन् । यस्ता प्राणीहरू आफ्ना सम्झने शक्तिको आधारमा मौसमानुसार भोजन पाइने स्थानमा जाने गर्दछन् । जंगली हात्तीको झुण्डले यसरी भौँतारिँदा मानवबस्तीलाई हानि पुगेका समाचार यस्ता प्रक्रियाका उदाहरण तथा प्रमाण हुन् । विश्व नागरिक सरह चराहरूको मौसमानुसार पृथ्वीको विभिन्न भागमा हुुने बसाइँसराइ यसैका प्रमाण हुन् ।

जबदेखि मान्छेले कृषिकर्म गर्न लाग्यो उसको फिरन्ता बानी हट्यो । आफ्नो प्रयत्न वा श्रमले गरेको उत्पादनमा आफ्नो स्वामित्व दाबी गर्न थाल्यो । आफूलाई आवश्यक परेको तर आफ्नो उत्पादन नभएको वस्तु विनिमय गरेर प्राप्त गर्न थाल्यो ।

आकाशमा मौसमानुकुल स्थान चहार्ने यस्ता चराहरूकोे झुण्डमा हुने आवागमनले कृषिमा के छर्ने बेला भयो, के भित्र्याउने बेला भयो भनेर मान्छेहरूले ज्ञान पनि नलिएका होइनन् । आकाशमा कर्‍याकुरुङका गति देखेर काँक्राफर्सी रोप्ने बेला भयो भनेको सुनेका पिँढी वर्तमानसम्म पनि छन् । फिरन्ता जीवनशैली भएका प्राणीहरू एकलकाँटे हुन्छन्, झुण्डमा बस्ने पनि हुन्छन् जो मनमौजी प्रकृतिका हुन्छन् । समाजिक जीवनशैली भएका प्राणीका पनि हुन्छन् । यस्ता फिरन्ता अर्थात् यायावर जीवनशैली आदिम मानव परिवारमा थियो भन्ने जीवशास्त्रीहरूकोे मत भेटिन्छ । सम्भवतः मान्छेले यही यायावर जीवन बिताउँदा परिवार अनि समाजको महत्व बुझ्यो । एक्लैभन्दा परिवारमा र परिवारमा भन्दा सामाजिक संरचनामा सुविधा भेट्टायो ।

प्राणी जगतमा सबै फिरन्तामात्र हुँदैनन् । खाद्य सामग्री अपुग हुने मौसमको निमित्त संग्रह गरेर राख्ने जीवहरू हुन्छन् । यस्ता जीवहरू एकलकाँटे हुन्छन् र सामाजिक जीवनशैली भएका हुन्छन् । कतिपय चरा, जनावर, किट यसरी अप्राप्य हुने मौसमको निमित्त खाद्य संग्रह गर्ने गर्दछन् । माहुरीजस्ता समाजिक संरचना भएका किटले खाद्य सामग्री प्रशोधन गरेर भण्डारण गर्ने गर्दछन् । यिनीहरूले प्रकृतिमा सहज उपलब्ध पदार्थ संग्रह गर्ने गर्दछन् । तर, केही यस्ता जीव हुन्छन् जो आफ्नो खाद्य उत्पादन गर्न प्रकृतिलाई अनुकूल वातावरण बनाइदिछन् । ढुसी उत्पादक कमिला (फंगस ग्रोइङआन्ट) यसको उदाहरण हो । यसले पात काटेर बोेकेर आफ्नो गोलामा लैजान्छ । त्यहाँको ओस र कमिलाले ल्याएको पातको टुक्राले ढुसी सामान्यभन्दा कयौंगुणा धेरै पैदा हुन्छ । यो ढुसी नै ती कमिलाको आहारा हो । यो सम्भवतः सबैभन्दा आदिम कृषि हो, मान्छेले कृषि सुरु गर्नुभन्दा लाखौं वर्ष पहिलेदेखिको कृषि ।

परोक्षरूपमा हरेक वनस्पति तथा जीवले अर्को वनस्पति वा जीव उत्पादनमा सहायता गरिरहेको हुन्छ तर त्यो उत्पादनमा आफ्नो योगदान थाहा हुँदैन । त्यसैले त्यस उत्पादनमा आफ्नो स्वामित्व दाबी गर्दैन । माहुरीले महमा स्वामित्व दाबी गर्र्छ । त्यसैले मह जोगाउन संघर्ष गर्छ तर हात्तीले खाएकोे खानामा भएको बिउ उसको मलमा निस्केर उम्रेको बिरुवामा दावी गर्दैन । आफ्नो मलले सप्रेका वा बढेको उत्पादनमा कुनै जीवले दाबी गर्दैन तर संकलन गरेको खाद्यमा त्यो जीवले दाबी गर्दछ । ढुसी उत्पादक कमिलाले उत्पादन गरेको ढुसीमा त्यो कमिलले दाबी गर्दछ । परोक्ष रूपमा उत्पादनमा भएको सहायतामा त्यो जीवको कुनै प्रयत्न वा श्रम लागेको हुँदैन तर प्रत्यक्ष प्रयत्न वा श्रम लागेको वस्तुमा भने दाबी रहन्छ ।

जबदेखि मान्छेले कृषिकर्म गर्न लाग्यो उसको फिरन्ता बानी हट्यो । आफ्नो प्रयत्न वा श्रमले गरेको उत्पादनमा आफ्नो स्वामित्व दावी गर्न थाल्यो । आफूलाई आवश्यक परेको तर आफ्नो उत्पादन नभएको वस्तु विनिमय गरेर प्राप्त गर्न थाल्यो । अर्थात् आफ्नो प्रयत्न वा श्रमले त्यो वस्तुमा स्वामित्व कायम हुन्छ भने अर्काको प्रयत्न वा श्रमले प्राप्त वस्तुमा पनि उसको स्वामित्व हुन्छ भन्ने स्वीकार गरियो र यी वस्तुहरू आपसमा विनिमय हुन्छन् भन्ने मान्यता कायम भयो । प्रकृतिलाई अनुकूल बनाउन गरिएको प्रयत्नले उत्पादनमा वृद्धि हुन्छ र आफ्ना निमित्त हुन्छ ।

यसो हुँदा खाद्य तथा अन्य कुरा प्राप्त गर्न भौँतारिरहनु पर्दैन भन्ने ज्ञानले मान्छेले कृषिकर्म गर्न थाल्यो । यसपछि नै फिरन्ता मान्छे कतैको रैथाने हुन पुग्यो । कृषि पहिलो तथा आधारभूत पेशा हो, यसैले मानव सभ्यताको आरम्भ गर्‍यो । यदि मानव एकस्थानमा बसोवास गर्न नथालेर फिरन्ता नै रहने थियो भने सभ्यता आरम्भ नै हुने थिएन । कृषिका निमित्त सहायक पशुपालनलगायत काम कृषिकै हिस्सा हुन् । त्यसैले कृषि भन्न्ने बित्तिकै खनजोत गरेर मल बिउ छरेर उत्पादन लिइने प्रक्रिया भन्ने बुझाइ सही होइन । कृषि एक जटिल संरचना भएको पेशा हो । यससँग पशुपक्षी पालन, मत्स्य पालन, किटपालन आदि सँगसँगै आउँछन् । बालीको मानव उपयोगमा व्यथ्र्य भएको भाग पशुचाराको रूपमा प्रयोग हुन्छ । पशु मान्छेले गर्ने कृषिकर्ममा सहायक हुन्छ । त्यसको मलमूत्र माटो मलिलो बनाउन सहायक हुन्छ । माहुरी जस्ता किटले स्वादिलो पोेसिलो महमात्र दिँदैनन्, परागसेचन गरे उत्पादन पनि बढाउन सहायक हुन्छन् । यसरी कृषिको पूर्णस्वरूपका अवयवले अ-आफ्नो जिम्मेवारी पूरा गरेका हुन्छन् ।

कृषि प्रकृतिसँग जोडिने सेतु अर्थात् पुल हो । यो सेतुमार्फत् मान्छेसम्म आइपुग्ने उत्पादन नैै सही अर्थमा उत्पादन हुन् । यिनैै उत्पादनको विनिमयले आर्थिक क्रियाकलापको आरभ हुन्छ । त्यसैले कृषि प्रकृतिसँग आर्थिक महत्व भएका उत्पादन हासिल गर्ने पुल हो ।

अन्य सबै उत्पादनमा वस्तुका रूप गुण आदि परिवर्तन गर्ने काम हुन्छ । कुनै वस्तु वा वस्तुहरू प्रयोग गरेर त्यसको रूप गुण परिवर्तन गरिन्छ । जस्तो गहुँको प्रयोग गरेर मैदा, सुजी, पिठोे उत्पादन हुन्छ । गहुँ प्रयोग नभई मैदा उत्पादन हँुदैन । मैदाको परिमाण गहुँभन्दा कम हुन्छ तर कृषिमा थोरै बिउ र हावा, माटो पानी आदि उपयोग गरेर प्रकृृतिले उत्पादन गर्दछ । यो उत्पादन बिउभन्दा कैयांैगुणा धेरै हुुन्छ । चाहे घाँस प्रयोग होस् वा अन्य चारो दूधालु गाईले दूध उत्पादन दिन्छ । यसरी कृषिबाट वास्तविक उत्पादन हुन्छ । यो उत्पादन कुनै वस्तुको रूप परिवर्तन गरेजस्तो होइन । त्यसैले सही अर्थमा प्रकृतिसँग उसको शक्ति उपयोग गरेर लिइएको उत्पादन हो ।

कृषि प्रकृतिसँग जोडिने सेतु अर्थात् पुल हो । यो सेतुमार्पmत् मान्छेसम्म आइपुग्ने उत्पादन नैै सही अर्थमा उत्पादन हुन् । यिनैै उत्पादनको विनिमयले आर्थिक क्रियाकलापको आरभ हुन्छ । त्यसैले कृषि प्रकृतिसँग आर्थिक महत्व भएका उत्पादन हासिल गर्ने पुल हो । पहिलो पेशा कृषि भए पनि सधैं आभारभूत पेशा हो । जीवनयापनको निमित्त नभई नहुने भोजन कुनै कारखानामा उत्पादन हु“दैन । होे कृषिबाट उत्पादित खाद्य पदार्थ परिष्कृत गर्न कारखाना सक्षम होलान् । यस्ता कारखानाले प्रयोग गर्ने कच्चामाल केवल कृषिबाट पैदा हुन्छ । कृषिबाट उत्पादित खाद्य कारखानामा परिष्कृत नगरे घरेलु तरिकाले पनि प्रयोग योग्य हुन्छ ।

कुनै आर्थिक क्रियाकलापका महत्वपूर्ण वस्तुहरूको प्रारम्भिक उत्पादन प्रकृतिले गर्दछ । यी वस्तुहरू कृषिको सेतु अर्थात् पुल भएरमात्र आउने गर्दछन् । त्यसैले कृषि आधारभूत कर्म हो र कृषक आदरणीय व्यक्तित्व हो । कृषक अन्नदाता हो र अन्नदाताको सम्मान गर्न नसक्ने राज्य, समाज प्रणाली लोककल्याणकारी होइनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?