त्रिनगर नाकामा अनुगमन गर्दै ‘सेरा’ र ‘लीली’

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । कैलालीको त्रिनगर भन्सार नाकामा प्रहरीले अनुगमन तिब्र गरेको छ । खुल्ला सिमानाकाको फाईदा उठाउदै लागुऔषध ओसारप्रसार बढेको भन्दै प्रहरीले अनुगमन तीब्र गरेको हो ।

प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले नाकामा अनुगमन गरेको हो ।

वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको नेतृत्वमा उक्त अनुगमन गरिएको हो । वडा प्रहरी कार्यालयका बमले नाका क्षेत्रमा हुने चोरी तस्करी तथा लागुऔषधको ओसार पोसारलाई रोक्न कुकुरसहित अनुगमन गरिएको हो ।

प्रहरीको आकस्मिक चेकजाँच गर्ने कार्यअन्तर्गत सीमानाकाबाट हुने लागु औषध तस्करी र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरी र ट्राफिक प्रहरी त्रिनगर नाकामा परिचालन भएको उहाँले बताउनु भयो ।

गौरीफन्टा नाकामा तालिमप्राप्त कुकुरसहित नाकाबाट आउने सवारी सधानमा चेकजाँच भएको बमले बताउनु भयो । तालिम प्राप्त कुकुर ‘सेरा’ र ‘लीली’ को सहायताले प्रहरीले अनुगमन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?