मोटरसाइकलको ठक्करबाट कलंकीमा किशोरीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

आज(मंगलबार)बिहान पौने सात बजे अन्डर पास नजिकै बाप्र०२-०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री पनि घाइते भएका छन् । उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?