वागमती प्रदेश सरकारले आज पूर्णता पाउने

हिमालय टाइम्स
Read Time = 1 min

हेटौँडा । वागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ ।

१४ मन्त्रालय रहेको वागमतीमा ११ मन्त्रालयमा कायम राख्ने निर्णयसँगै आज मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

दिउँसो २ बजे सपथ ग्रहणको समय तोकिएको छ । त्यसअघि नै सत्ता साझेदार दलहरूले भागबण्डाअनुसारको मन्त्रालय सम्हाल्ने मन्त्री छान्नेछन् ।

प्रदेश प्रमुखका सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलले मन्त्रालय घटाउने सुझाव दिएको थियो ।

बागमती प्रदेशमा गत पुस २६ गते नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री निर्वाचित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?