काठमाडौं । कमल थापाको नेतृत्वको राप्रपा नेपालले बिचार मिल्ने दलसँगको एकताका लागि वार्ता समिति बनाएको छ ।
काठमाडौंमा हालै सम्पन्न पार्टीको केन्द्रीय कार्य समितिको बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरूसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा महामन्त्रीद्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव सदस्य रहनुभएको छ ।
पार्टीलाई बलियो बनाउन निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघ-संस्थाहरूसंग सम्वाद शुरु गरिएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच