काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर आसिफ शेखले आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड जित्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले दिने यस प्रतिष्ठित अवार्ड नेपाली क्रिकेटर शेखले जितेको आइसिसीले जनाएको हो ।
गत फागुनमा ओमानमा भएको चार देश सम्मिलित टी-२० आई सिरिजमा आयरल्याण्डविरुद्धको खेलका कारण शेखले यस अवार्ड जित्न सफल भएको आइसिसीले जनाएको छ ।
यस्तै, पाकिस्तानी कप्तान बाबर आजम भने सन् २०२२ का लागि आइसिसी पुरुष क्रिकेटर अफ द इयर चुनिनुभएको छ । यसबाहेक उहाँले ओडिआई क्रिकेटर अफ द इयरको अवार्ड पनि जित्नुभएको छ ।
इंग्ल्याण्डका कप्तान बेन स्टोक्स वर्षको उत्कृष्ट टेस्ट खेलाडी घोषित हुनुभएको छ । त्यसको एक दिनअघि टी-२० पुरुष क्रिकेटर अफ द इयरको अवार्ड भारतका सूर्यकुमार यादवले जित्नुभएको थियो ।
पाकिस्तानी खेलाडीले लगातार दोस्रो वर्ष पुरुष क्रिकेटर अफ द इयर अवार्ड पाउनुभएको हो । गत वर्ष पाकिस्तानकै फास्ट बलर शाहीन शाह अफ्रिदीले यो अवार्ड चुम्नुभएको थियो । सर गारफिल्ड ट्रफी वर्षको पुरुष क्रिकेटरलाई प्रदान गरिने गरिन्छ ।
आइसिसी क्रिकेटर अफ द इयर अवार्डको दाबेदारीमा कुनै पनि भारतीय क्रिकेटर भने परेनन् । जसमा पाकिस्तानका कप्तान बाबर आजमका अलावा इङ्ल्याण्डका टेस्ट कप्तान बेन स्टोक्स, न्युजिल्याण्डका टेस्ट कप्तान टिम साउथी र जिम्बाबेका सिकन्दर रजाकको नाम थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच