सिरिजका लागि स्कटल्याण्डको टोली घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आगामी महिना काठमाडौंमा आयोजना हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि स्कटल्याण्डको टोली घोषणा भएको छ । विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि रिची बेरिङटनको कप्तानीमा स्कटल्याण्डको १५ सदस्सीय टोलीको घोषणा भएको हो ।

स्कटल्याण्डको टोलीमा रिची बेरिङटन (कप्तान),काइल कोटजर, म्याथ्यु क्रस (उपकप्तान), क्रिस ग्रिभ्स ज्याक जार्भिस, माइकल लिस्क, टम म्याकिन्टोश, क्रिस म्याकब्राइड, ब्रेण्डन म्याकमुलन, जर्ज मुन्से, सफियान शरिफ, क्रिस सोल, हम्जा ताहिरू र मार्क वाट रहनुभएको छ ।

टोलीमा अलराउण्डर ज्याक जार्भिसले पहिलो पटक टोलीमा स्थान बनाएको छ । स्कटल्याण्डले विश्वकप लिग टूको अन्तिम चार खेल नेपालमा खेल्नेछ । लिग टूबाट स्कटल्याण्डले जुन र जुलाईमा जिम्बाबेमा आयोजना हुने विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

नेपाल भ्रमणका क्रममा स्कटल्याण्डले आयोजक नेपाल र नामिबियासँग समान २–२ एकदिवसीय खेल खल्नेछ । नामिबियासँग फेब्रुवरी १५ पहिलो खेल खेल्ने स्कटल्याण्डले फेब्रुवरी १७ मा आयोजक नेपालसँग खेल्नेछ । फेब्रुवरी २० मा नामिबियासँग खेल्ने स्कटल्याण्डले नेपाल भ्रमणको अन्तिम खेलमा फेब्रुवरी २१ मा घरेलु टोलीसँग खेल्नेछ ।

स्कटल्याण्ड क्रिकेट बोर्डका अनुसार १५ सदस्यीय टोली फेब्रुवरी ८ मा नेपाल भ्रमणका लागि निस्कने र फेब्रुवरी २३ मा फर्कनेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?