काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)का मादपण्ड पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटना बढेको सम्बद्ध विज्ञहरूले औंल्याएका छन् । संघीय संसद् राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार बसेको बैठकमा उनीहरूले उक्त कुरा औंल्याएका हुन् ।
नेपाल एयरलाइन्सका पूर्वइन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले आइकाओले निर्दिष्ट गरेका मापदण्ड पूर्ण पालना गर्न सके नेपालको हवाई सेवा सुरक्षित हुने र दुर्घटना आफैं न्यूनीकरण हुँदै जाने बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले नेपाली आकाश सुरक्षित छ भन्ने कुरा इन्स्योर गर्न कम्तीमा पनि स्ट्रक्चरल सुधारका कुरामा तुरुन्तै ध्यान दिनुपर्छ । जसले गर्दा नियमन अधिकारी अथवा मोर स्ट्रेन्थेन होस् । मोर क्यापेबल होस् । जहाँबाट सेफ्टी इन्हृयान्स गर्न सकियोस् ।’ हवाई विभागका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाले नेपालको हवाई सेवा सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थालाई व्यावसायिकरूपमा अघि बढाउनुपर्ने, हवाई दुर्घटनाका प्रतिवेदनका सुझावका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो । नेपालको हवाई सेवा सुरक्षित रहेको र अझै भरपर्दो बनाउने काममा सम्बन्धित निकाय बढी जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । विज्ञहरूले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको भन्दै परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच