अमेरिकी उपमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै हुनुहुन्छ ।

परराष्ट्रका मन्त्रालयका अनुसार दुई दिन नेपालमा रहँदा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नु हुनेछ ।

नयाँ गठबन्धनको सरकार बनेपछि उहाँको यो पहिलो नेपाल भ्रमण हो। केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराउनुभएको थियो ।

लामो कूटनीतिक अनुभव हुनुभएकी उहाँले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम गरिसक्नुभएको छ। नुल्याण्डले ३३ वर्ष विदेश सेवामा बिताइसक्नुभएको छ । उहाँको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?