प्रतिभा माल्दिभ्समा सर्वोत्कृष्ट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर प्रतिभा माली माल्दिभ्समा भएको राष्ट्रिय भलिबल प्रतियोगिताको विदेशी खेलाडीतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । माल्दिभ्सको राष्ट्रिय भलिबल प्रतियोगितामा क्लब वेम्कोलाई च्याम्पियन बनाउन उहाँले सानदार प्रदर्शन गर्नुभएको थियो । उहाँ फाइनल खेलमा प्लेयर अफ दी म्याचसमेत बन्नुभयो ।

प्रतिभा २०७३ मा पनि विदेशीतर्फ सर्वोत्कृष्ट बन्नुभएको थियो । यसपालिको प्रतियोगितामा नेपालसहित फिलिपिन्स, भारत, श्रीलंका र थाइल्याण्डका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । माल्दिभ्सस्थित सोसल सेन्टर इन्डोर हलमा भएको फाइनल खेलमा वेम्कोले क्लब भलिबललाई ३-१ को सेटमा हराएर उपाधि जित्न सफल भएको थियो । वेम्कोले क्लब भलिबललाई २५-११, २२-२५, २५-१९ र २५-१४ को सेटमा पराजित गर्न सफल भयो ।

माल्दिभ्समा प्रतिभाको यो चौथो उपाधि हो । यसअघि प्रतिभाले सन् २०१६ र २०१७ मा मस्जिद रोड टोलीसँग र २०१९ मा पुलिसबाट उपाधि जित्नुभएको थियो । यससँगै वेम्कोले लिग चरणमा भोगेको हारको बदला लिएको छ । वेम्को लिग चरणमा तीन-एकको सेटमा पराजित भएको थियो । वेम्को पछिल्लोपटक सन् २०१९ मा पुलिससँग फाइनलमा पराजित भएको थियो । त्यसबेला प्रतिभाले पुलिसबाट खेल्नुभएको थियो ।

गत शनिबारबाट सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगितामा साबिक विजेता पुलिस क्लब, क्लब वेम्को, क्लब एगल्स क्लब र क्लब भलिबल गरी चार टोलीले प्रतिस्पर्धा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?