‘पिरोको झट्का स्प्राइटले मेटा’

Read Time = 3 mins

काठमाडौं । स्प्राइटले पिरोको झट्का स्प्राइटले मेटा नामक नयाँँ क्याम्पेनको सुरुवात गरेको छ । पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराको स्वाद अझै लिन स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिन नयाँँ क्याम्पेन सुरुवात गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले क्याम्पेनको एउटा भागका रूपमा नयाँँ टेलिभिजन कमर्सियल पनि बनाएको छ, जसमा जसिता गुरुङ, नाजिर हुसेन र कविता नेपालीले अभिनय गर्नुभएको छ । जनकपुरमा छायांकन गरिएको टिभिसीमा त्यहाँको स्थानीय संस्कृति र खानेकुरा देखाइएको छ । टिभिसीमा जसिताले भर्खरै अमेरिकाबाट फर्किएकी युवतीको भूमिकाको निर्वाह गर्नुभएको छ, जो जनकपुरको हावापानी, रहन-सहनले अत्यन्तै प्रभावित हुनुहुन्छ र त्यहाँ धेरै खाइने पिरो खानेकुरामा अझै पिरो थपेर खान खोज्नुहुन्छ । उहाँलाई लाग्छ कि उहाँ धेरै पिरो खान सक्नुहुन्छ तर जब उहाँले मगाएको खानेकुराको पहिलो गाँस लिनुहुन्छ, उहाँलाई तुरुन्तै पिरोको झट्का लाग्छ र अनुहार रातो–पिरो बनाउनुहुन्छ । त्यही बेलामा नाजिरले उहाँलाई चिसो स्प्राइट दिनुहुन्छ र स्प्राइट पिउनेबित्तिकै पिरो निकै कम हुन्छ र फेरि अर्को पिरो खानेकुरा र एउटा स्प्राइट पनि मगाउनुहुन्छ ।

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी भन्नुहुन्छ, ‘नेपाली युवाहरू पिरो चाउचाउ, पिरो चटपटे जस्ता पिरो खानेकुरा अत्यन्तै रुचाउँछन् । यो नयाँँ क्याम्पेनले त्यस्तो पिरो खानेकुराका लागि स्प्राइट नै सबैभन्दा राम्रो साथी भएको सन्देश दिएको छ । यो क्याम्पेनबाट हामी धेरै उत्साहित छौँ र हामीलाई आशा छ, हाम्रा उपभोक्ताले पनि आफ्नो मनपर्ने पिरो खानेकुरासँग स्प्राइटको भरपुर मजा लिनुहुनेछ ।’ हाल स्प्राइट एक सय ७५ मिली र दुई सय ५० मिलीको आरजिबी बोतल (रिटर्नेबल ग्लास बोतल) तथा दुई सय ५० मिली, पाँच सय मिली, एक लिटर र १.५ लिटर, २.२५ लिटरको बोतलमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?