भ्रष्टाचार सूचकांकमा नेपाल ११०औँ स्थानमा

तस्बिर : सामाजिक संजाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल भ्रष्टाचारको विश्वव्यापी सूचकांकमा ११०औँ स्थानमा रहेको छ ।

विश्वका विभिन्न देशमा भ्रष्टाचारको स्थिति निगरानी गर्ने ट्रान्स्परेन्सी इन्टरनेसनलले मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई)-२०२२ सार्वजनिक गरेको छ । जसमा नेपाललाई १०० मा ३४ अंक दिएर ११०औं स्थानमा राखेको छ ।

यस वर्ष सूचकांकमा  डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने देशमा पर्दा सोमालिया १२ अंक प्राप्त गरी १८०औँ स्थानमा रहेर सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रुपमा सूचीकृत भएको छ ।

भारत ४० अंकसहित भ्रष्टाचार हुने मुलुकको ८५औँ स्थानमा रहँदा चीन ४५ अंक प्राप्त गरी ६५ औँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?