सुर्य नगर गोल्ड कप माघ २५ मा हुने

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट-१६ मा सूर्यनगर गोल्डकप यहि माघ २५ गतेदेखि फाल्गुन ७ गते सम्म हुने भएको छ । यो प्रतियोगिता जिल्ला कै सर्वाधिक ठूलो र लुम्बिनी प्रदेशकै दोस्रो ठुलो पुरस्कार राशीको फूटवल प्रतियोगिता हो ।

पत्रकार सम्मेलनमा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सुर्य नगर गोल्ड कपले बर्दघाट नगरलाई खेल क्षेत्र बाट पनि पहिचान बनाएको बताउनु भयो । उहाँका अनुसार नगरले दाउन्ने क्षेत्र खेलकुद हवका रुपमा विकास गर्ने योजना रहेको छ । वडा नम्बर १४ , १५ र १६ लाई खेलकुद हब बनाइने उहाँले बताउनु भयो ।

क्लवका पूर्व अध्यक्ष एवं वडा नम्बर १६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक समेत रहनु भएका भिमकाजी गुरुङ्गले साविक दाउन्नेमा खेलकुदको धेरै सम्भावना रहेको बताउनुभयो । प्रतियोगितामा बुटवल, चितवन, सर्लाही, भक्तपुर, पोखराका गरी कुल १२ टिमहरुको सहभागिता रहने खेल संयोजक धन सिंह चितौरेले जानकारी दिनुभयो ।

विजेता टिमलाई ५ लाख नगदसहित ट्रफी मेडल र प्रमाणपत्र र उप विजेता टोलीलाई ३ लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट डिफेन्स र सर्वोत्कृष्ट खेलाडीलाई समेत ब्यक्तिगत रुपमा पुरस्कृत गरिने क्लवका अध्यक्ष अमर बहादुर थापा बताउनुभयो । अनुमानित ४८ लाख रुपैया खर्च आंकलन गरिएको आर्थिक संयोजक रुद्र बहादुर भण्डारीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?