प्रचण्डले रास्वपालाई तत्काल गृह मन्त्रालय नदिएपछि रवि पुगे ओली भेट्न बालकोट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय दिन आनाकानी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न बालकोट पुग्नुभएको छ ।

रास्वपाका सभापति लामिछानेले मंगलबार नेकपा एमालेका अध्यक्ष ओलीसँग भेट गर्नुभएको हो । भेटमा रविले सत्ता गठबन्धनमा भएको सहमति अनुसार गृह मन्त्रालय आफ्नो दलले पाउनुपर्ने धारणा राख्नु भएको थियो भने जवाफमा एमाले अध्यक्ष ओलीले आफूहरु पनि समझदारी कार्यान्वयन हुनुपर्ने पक्षमा रहेको बताउनु भएको स्रोतले बताएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालयले आफ्नो पार्टीले पाउनु पर्ने आग्रह गर्नुभएको सभापति लामिछानेले दिउँसो एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो ।

बालुवाटारमा आज विहान प्रधानमन्त्रीसँग भएको भेटपछि रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । एमाले रास्वपालाई गृह मन्त्रालय दिने पक्षमा छ भने माओवादी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री प्रचण्ड भने अदालतको पूर्णपाठ आउनु पर्ने बताउँदै आउनु भएको छ ।

सरकार गठनका समयमा रास्वपाको भागमा गृह मन्त्रालय परेको थियो । सभापति लामिछानेले नागरिकता प्रकरणमा सांसद पद गुमाएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्नुभएको छ ।

मंगलबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो ब्रिफिङ उद्दृत गर्दै पार्टी प्रवक्ता समेत रहनु भएको कृष्णबहादुर महराले भन्नुभयो, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?