गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्यता राख्नुपर्छ : महरा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धैर्यता राख्नुपर्ने बताउनु भएको छ ।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष महराले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, 'मुद्दा सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी छ । रास्वपाले धैर्य गर्नुपर्छ ।’ उहाँले उसको मुद्दाको पूर्णपाठ नआएको र मुद्दा नसिद्धिएककारण मन्त्रीमण्डलमा के गर्ने भन्ने निर्णय गर्न बाँकी रहेको उहाँले बताउनु भयो ।

माओवादीले यसअघि नै रवि लामिछानेको मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नभएसम्म गृहमन्त्रालयबारे कुनै निर्णय नगर्ने बताइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?