महोत्तरी । नेकपा एमाले महोत्तरीको विवाद चरमोत्कर्षमा पुगेको छ । निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग र असहयोग गरेको बिषयलाई लिएर एमाले महोत्तरीमा विवाद चुलिएको हो ।
रामगोपालपुरमा जिल्ला कमिटीको बैठक बसेसँगै दुई पक्षवीच आरोप प्रत्यारोप चलेको छ । प्रदेशसभामा निर्वाचित संसद शारदादेवी थापाले जिल्ला कमिटीको बैठकमा जिल्ला र प्रदेशका नेताहरुलाई कारबाहीका लागि सिफारिस गर्नुभएकाे थियाे ।
निर्वाचनमा विपक्षी दलसँग मिलेर असहयोग गरेको आरोप लगाउँदै क्षेत्रीय इन्चार्ज केदारबहादुर बस्नेतसहितलाई कारबाहीको सिफारिस गरेपछि महोत्तरी एमालेको विवाद चरमोत्कर्षमा पुगेको हो ।
थापाले लगाएको आरोपलाई शंकर महतोले पनि साथ दिनुभएकाे छ । महतोले एमाले प्रवेश गर्नुपुर्व माओवादी केन्द्रका उपमहासचिव तथा पुर्व मन्त्री गिरिराजमणी पोखरेलको सचिवालयमा बसेर काम गर्नुभएकाे थियाे ।
महोत्तरी-१ बाट संघमा र बाँकी २ ठाउँमा प्रदेश संसद जितेको नेकपा एमालेको विवाद क्षेत्र-१ बाट नै सुरु भएको छ । एमाले उम्मेदवारहरुले जिते पनि सांगठनिक मत भने पार्टीइतरका उम्मेदवारलाई गएको निर्वाचित जनप्रतिनिधिहरुको बुझाइ छ ।
यही विषयलाई लिएर शारदादेवी थापा पक्ष क्षेत्रीय इन्चार्ज केदारबहादुर बस्नेत पक्षमा खनिएको छ । जिल्ला कमिटीको बैठकमा थापालाई हराउन पार्टीभित्रैबाट फाल्गुन सुस्लिङ मगरलाई बागी उम्मेदवार बन्न उक्साएको, गुट सिर्जना गरेर छुट्टै भेला गरेको, केन्द्रीय सदस्य बुधिनिदेवी र बस्नेतले छुट्टै बैठक बसी पार्टी उम्मेदवारलाई हराउन भुमिका खेलेको जस्ता आरोपसहित इन्चार्ज बस्नेतको बिषयमा प्रदेशमा ध्यानाकर्षण गराइएको छ ।
प्रदेश कमिटी सदस्य चन्द्रबहादुर क्यापछाकी निर्वाचन अवधिभर निष्क्रिय रहेको विषय पनि बैठकमा उठाइएको छ । नेता क्यापछाकीको भूमिकासमेत शंकास्पद रहेको भन्दै प्रदेशलाई ध्यानाकर्षण गराइएको छ ।
जिल्ला कमिटी सदस्य कुमार भण्डारीको जिम्मेवारीलाई लिएर पनि समीक्षा बैठकमा आलोचना भएको छ । पार्टीका उम्मेदवारविरुद्ध नै सार्वजनिक ठाउँमा गलत अभिव्यक्ति दिएर पार्टी हराउने अभियानमा लागेको, पार्टी प्रचारप्रसार समितिलाई विपक्षीहरुसँग मिलेर आक्रमणको प्रयास गरेकोजस्ता उनीमाथि आरोप लागेका छन् ।
केन्द्रीय अध्यक्ष केपी ओलीनिकट मानिने गुरु भट्टराईमाथि पनि आफ्नो पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको आरोप लागेको छ । विवाद बढ्दै जाँदा आगामी १५ चैतमा हुने भनिएको जिल्ला अधिवेशन अन्योलग्रस्त बनेको नेताहरु बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच