सवारी दुर्घटनामा परे घनश्याम भुसाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एसका नेता घनश्याम भुसाल सवारी दुर्घटनामा पर्नुभएको छ। उहाँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते हुनुभएका भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको छ ।

नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?