दाङ । नेपाली काँग्रेसका जिल्ला सभापति केशबहादुर बिष्टलाई कुटपिट गरेको आरोपमा सल्यान जिल्लाका पूर्वाधार विकास कार्यालय प्रमुख (सिडिई) हरिबहादुर वली पक्राउ परेका छन् ।
आइतबार बिहान कार्यालय प्रमुख वलीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले वलीलाई प्रहरी हिरासतमा राखेको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नविन कार्कीले चैत २९ गते बेलुका सल्यानको सल्लीबजारस्थित कृष्ण होटेलमा काँग्रेस जिल्ला सभापति ५६ बर्षीय बिष्टमाथि कार्यालय प्रमुख ३६ बर्षीय वलीले कुटपिट गरेका थिए ।
कार्यालय प्रमुख वलीको आक्रमणबाट काँग्रेस सभापति बिष्टको टाउकोमा पाँच वटा टाँका लगाइएको छ ।
काँग्रेस सभापति बिष्टले कार्यालय प्रमुख वलीले कुराकानीकै क्रममा बियरको बोत्तलले आक्रमण गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिनुभएको थियोे ।
सोही जाहेरीका आधारमा प्रहरीले वलीलाई पक्राउ गरेको हो ।
प्रहरी हिरासतमा रहेका कार्यालय प्रमुख वली बिरुद्ध बिष्टले कुटपिट तथा अभद्र ब्यबहार सम्बन्धि मुद्दा दिनुएको थियो ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
वलीलाई आइतबार नै म्याद थपका लागि जिल्ला अदालतमा पठाउने तयारी गरिएको पनि प्रहरीले बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच