क्यानका अध्यक्ष चतुरबहादुरलाई महामन्त्री विश्वप्रकाशको प्रश्न : खेलको नियम पालनागर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलात्कार आरोपी सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विषयमा आपक्ति जनाउनु भएको छ ।

राष्ट्रिय टिममा राखेको विषयमा प्रधानममन्त्री र नेपाल क्रिकेट संघ क्यानका अध्यक्षको ध्यानकर्षण गराउनुभएकाे छ ।

उहाँले आज ट्वीटर मार्फत सम्बन्धित सरोकारवालाले मौनता राख्नु गलत भएकाे बताउँदै मौनता जिम्मेवार जवाफ हुन्न भन्नुभएको छ ।

उहाँले क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर जवाफ मागेको समेत उल्लेख गर्नुभएको छ ।

चन्दसँग भएको सम्वादबारे शर्माले ट्वीटरमा लेख्नुभएको छ , ‘क्यान अध्यक्षलाई फोनमा सोधेँ : खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालाना गर्नु पर्दैन ?’

बलात्कार आरोपमा पक्राउ परेर सशर्त धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट संघले बिहीबार मात्र राष्ट्रिय टिममा राखेको छ । उनी आजदेखि बन्द प्रशिक्षणमा समेत छन् ।

साथै शर्माले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै 'कि सहि भएको छ, बधाई दिनोस्, कि ञयो प्रकरणमा पनिझ अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस्' भन्नुभएको छ ।

खेलकुद मन्त्री @PM_nepal_ नै हुनुन्छ l ध्यानाकर्षण गराउँदछु- कि सहि भएको छ, बधाई दिनोस्, कि `यो प्रकरणमा पनि´ अदालत कुरौं, हतारको गल्ती सच्याउ भन्नोस् !

मौनता जिम्मेवार जवाफ हुन्न !!

— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 3, 2023

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?