अनर मोबाइलको दशैँ अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अनरको नेपालस्थित आधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले ग्राहकका लागि बनाऊँ दशैँ अनरमय भन्ने नाराका साथ दशैँ अफर ल्याएको छ । अनरबाट ‘अनरकोे बहार, चाडपर्वमा उपहारै उपहार’ नामक अभियानअन्तर्गत खरिदकर्ताले अनर स्मार्टफोनको खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

उपहार चार खण्डमा विभाजित छन् । पहिलो एउटा दैनिक उपहारअन्तर्गत पाँच सय, नौ सय ९० रुपैयाँको अनर इयरबड्स एक्स ५ वा छ हजार चार सय ९० रुपैयाँको अनर ब्याण्ड ६ हरेक दिन जित्ने मौका पाउन सक्नेछन् । दोस्रो मेगा गिफ्टअन्तर्गत ४३ इन्चको स्मार्ट टिभी वा अनर वाच ४ वा अनर ९० फाइजी जित्न सकिनेछ । तेस्रो खण्डअन्तर्गत ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका रहेको छ भने एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्ने मौका रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?