महानगर प्रहरीलाई वल्र्डलिंकको तालिम

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन कम्पनी नयाँ बानेश्वर शाखाले सुरक्षित इन्टरनेट चलाउनेबारे काठमाडौं महानगरपालिकाका प्रहरीलाई एकदिने वर्कसप आयोजना गरेको छ । कम्पनीले काठमाडौं महानगरपालिका पूर्व क्षेत्र प्रहरी बलसँगको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरेको हो ।

वर्कसपमा महानगरपालिकाका ५० जना प्रहरी सहभागी भएका थिए । उनीहरूलाई सुरक्षित इन्टरनेट कसरी चलाउने, इन्टरनेटबाट हुने जोखिमलगायतका विषयमा जानकारी गराइएको वल्र्डलिंक नयाँ बानेश्वर शाखाकी प्रमुख समनी सुवेदीले जानकारी दिनुभयो । हिमालय टाइम्ससँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘हामीले यस्तै वर्कसप विद्यालय, समुदाय र राजधानीबाहिर पनि दिइसकेका छौँ, प्रहरीलाई भने पहिलोपल्ट दिइएको हो ।’ देशैभर यस्ता कार्यक्रम पुर्‍याउने कम्पनीको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?