महानगर प्रहरीलाई वल्र्डलिंकको तालिम

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन कम्पनी नयाँ बानेश्वर शाखाले सुरक्षित इन्टरनेट चलाउनेबारे काठमाडौं महानगरपालिकाका प्रहरीलाई एकदिने वर्कसप आयोजना गरेको छ । कम्पनीले काठमाडौं महानगरपालिका पूर्व क्षेत्र प्रहरी बलसँगको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरेको हो ।

वर्कसपमा महानगरपालिकाका ५० जना प्रहरी सहभागी भएका थिए । उनीहरूलाई सुरक्षित इन्टरनेट कसरी चलाउने, इन्टरनेटबाट हुने जोखिमलगायतका विषयमा जानकारी गराइएको वल्र्डलिंक नयाँ बानेश्वर शाखाकी प्रमुख समनी सुवेदीले जानकारी दिनुभयो । हिमालय टाइम्ससँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘हामीले यस्तै वर्कसप विद्यालय, समुदाय र राजधानीबाहिर पनि दिइसकेका छौँ, प्रहरीलाई भने पहिलोपल्ट दिइएको हो ।’ देशैभर यस्ता कार्यक्रम पुर्‍याउने कम्पनीको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?